भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

अनुवादक र दोभाषे: मलाई कस्को सेवा चाहिन्छ?

वर्गीकरण अनुवादक र दोभाषेसँग काम गर्दा प्रकाशित 15 जनवरी 2026


यदि तपाईंलाई कुनै अर्को भाषामा कुराकानी गर्न मद्दत चाहिन्छ भने, तपाईंले अनुवादक वा दोभाषे सँग सहकार्य गर्नुपर्ने हुन सक्छ। यद्यपि दुवैले भाषा सम्बन्धी कार्य गरे पनि, उनीहरूले फरक-फरक कार्य गर्छन्।

मलाई कस्को सेवा चाहिन्छ भन्ने कुराको मैले कसरी निर्णय गर्ने?

यदि लिखित कार्य गर्नु छ भने तपाईंलाई अनुवादकको सेवा चाहिन्छ। यदि बोल्ने वा सांकेतिक कार्य गर्नु छ भने, तपाईंलाई दोभाषेको सेवा चाहिन्छ।
तपाईंलाई कागजपत्रहरू देखाउन पर्ने छ वा कुराकानी गर्नु पर्ने छ त्यस बारे सोच्नुहोस्।

अनुवादकले के कार्य गर्छ?

अनुवादकले लिखित कार्य गर्छन्। उनीहरूको काम भनेको एउटा भाषामा भएको लिखित सामग्रीलाई अर्को भाषामा सही, सांस्कृतिक रूपमा उपयुक्त संस्करणमा लिखित अनुवाद गर्नु हो।

अनुवादकहरूले गर्ने कार्यको केही सामान्य उदाहरणहरू यहाँ दिइएका छन्:

  • जन्मदर्ता प्रमाणपत्र, चालक अनुमतिपत्र र अन्य परिचयपत्रहरु
  • कानुनी सम्झौताहरू र वित्तीय विवरणहरू
  • मेडिकल रिपोर्टहरू
  • वेबसाइटहरू, पर्चाहरू र मार्केटिंग सामग्रीहरू
  • इमेलहरू, पत्रहरू र लिखित निर्देशनहरू
  • निर्देशन पुस्तिकाहरू

अनुवाद भनेको केवल एउटा भाषाका शब्दहरू अर्को भाषामा रूपान्तरण गर्नु मात्र होइन। एक असल अनुवादकले अर्थको स्पष्टता र एकरूपता,सही शब्दावली चयन र कागजपत्रको मर्म, उद्देश्य अनुरुप मेल खान्छ भन्ने कुरा सुनिश्चित गर्दछ। अष्ट्रेलियामा, सरकारी विभागहरू लगायत धेरै संस्थाहरूमा NAATI-प्रमाणित अनुवादकद्वारा अनुवाद गरिएको हुनुपर्छ। यसले गुणस्तर र जवाफदेहिता सुनिश्चित गर्दछ।

दोभाषेले के कार्य गर्छ?

दोभाषेले मौखिक वा सांकेतिक भाषासँग सम्बन्धित कार्य गर्छन्, जसले गर्दा विभिन्न भाषा बोल्ने मानिसहरूसँग प्रत्यक्ष कुराकानी गर्न मद्दत गर्छ।

तपाईंलाई निम्न अवस्थामा दोभाषेको आवश्यकता पर्न सक्छ:

  • स्वास्थ्य उपचार वा चिकित्सकलाई भेट्न जाँदा
  • सेन्टरलिङ्क (Centrelink), प्रहरी, वा अन्य सरकारी सेवाहरूमा कुराकानी गर्न
  • व्यवसायिक बैठकहरूमा सहभागी हुँदा
  • कानुनी प्रक्रियामा सहभागी हुँदा
  • सम्मेलन, सेमिनार वा सामुदायिक कार्यक्रमहरूमा सहभागी हुँदा

दोभाषेहरूले एउटा भाषामा भनिएका कुराहरु सुन्छन् र अर्को भाषामा सही र जस्ताको त्यस्तै अर्थ लगाइदिन्छन्। उनीहरू प्रत्यक्ष रूपमा, फोनमार्फत वा भिडियो मार्फत कार्य गर्न सक्छन्। धेरैजसो परिस्थितिहरूमा, विशेष गरी स्वास्थ्य र कानुनी व्यवस्थाहरूमा, मानिसहरूले आफ्नो अधिकार, जिम्मेवारी र छनौटहरू बुझेको सुनिश्चित गर्न सही मौखिक अनुवाद आवश्यक हुन्छ।

यदि मैले लिखित र मौखिक दुवै कार्य गरिरहेको खण्डमा के गर्ने?

कहिलेकाहीं, दोभाषे वा अनुवादकहरूले लिखित र मौखिक/सांकेतिक कार्य दुवै गर्न सक्छन्। उदाहरणका लागि:

  • दृष्टि अनुवाद (साइट् ट्रान्सलेसन): दोभाषेले लिखित कागजात (जस्तै अस्पतालको सहमति पत्र) पढ्छन् र यसलाई प्रत्यक्ष रुपमा अर्को भाषामा लिखित वा मौखिक अनुवाद गर्छन्।
  • लिप्यन्तरण (ट्रान्सक्रिप्शन): अनुवादकले रेकर्ड गरिएको कुराकानी सुन्छन् र अर्को भाषामा लेख्छन्।

यसबारे विचार गर्ने एउटा राम्रो तरिका भनेको तपाईंलाई अन्तिममा चाहिने के हो? यदि कागजपत्र हो भने, तपाईंलाई अनुवादक चाहिन्छ। यदि व्याख्यान, कुराकानी वा भिडियो हो भने, तपाईंलाई दोभाषे चाहिन्छ।

मैले योग्य पेशाकर्मीहरू कहाँ फेला पार्न सक्छु?

चाहे त्यो दोभाषे होस् वा अनुवादक, NAATI-प्रमाणित व्यक्ति छनौट गर्नु उत्तम रोजाइ हो। NAATI सँग अनुवादक र दोभाषे दुवैका लागि फरक-फरक मापदण्डहरू छन्, र प्रमाणीकरणले तपाईंलाई आवश्यक पर्ने व्यक्तिसँग संवेदनशील र व्यावसायिक रूपमा सही जानकारी स्थानान्तरण गर्न आवश्यक सीप र प्रशिक्षण छ भनी सुनिश्चित गर्न मद्दत गर्दछ।

तपाईंले NAATI को अनलाइन निर्देशिका (डाइरेक्टरी) मा अनुवादक वा दोभाषे फेला पार्न सक्नुहुन्छ।

के यो पृष्ठ उपयोगी थियो?(भर्नुपर्ने)

तपाईंको प्रतिक्रियाले हामीलाई यो पृष्ठलाई सुधार गर्न मद्दत गर्दछ, NAATI ले हाम्रो वेबसाइट सुधार गर्न यो प्रतिक्रियाको प्रयोग गर्दछ।

यदि तपाईंलाई जवाफ चाहिन्छ भने, कृपया हाम्रो सम्पर्क फारम प्रयोग गर्नुहोस्।