भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

सोधपुछ

NAATI लाई कुनै प्रश्न सोध्न वा मद्दतको लागि अनुरोध गर्न यो फारम प्रयोग गर्नुहोस्।

NAATI ले आफैँ अनुवाद वा दोभाषे सेवाहरू प्रदान गर्दैन। NAATI-प्रमाणित अनुवादक वा दोभाषे फेला पार्न, कृपया हाम्रो अनलाइन निर्देशिका प्रयोग गर्नुहोस्।

NAATI लाई सम्पर्क गर्नुहोस्

बारम्बार सोधिने प्रश्नहरू

NAATI, अनुवादक र दोभाषेहरूलाई राष्ट्रिय मान्यता प्रदान गर्ने प्राधिकरण हो, र यो अष्ट्रेलियामा अनुवादक र दोभाषेहरूका लागि राष्ट्रिय मापदण्डहरू तय गर्ने र कायम राख्ने जिम्मेवार संस्था हो।

सरकार, व्यवसाय र समुदायले भाषा सेवाहरू सही, व्यावसायिक र सत्यनिष्ठा छन् भनी विश्वास गर्न सकून् भनेर NAATI ले पेशाकर्मीहरूलाई प्रमाणित गर्दछ।

NAATI ले के गर्छ:
NAATI ले अनुवादक र दोभाषेहरूको परीक्षण र प्रमाणीकरण गर्दछ। यसले अनुवाद र दोभाषेको लागि राष्ट्रिय मापदण्डहरू तय गर्दछ, प्रमाणित पेशाकर्मीहरूको सार्वजनिक अनलाइन निर्देशिका (डाइरेक्टरी) को व्यवस्था गर्दछ, र भाषा सेवा क्षेत्रमा गुणस्तर र व्यावसायिकतालाई टेवा पुर्‍याउँछ।

NAATI ले के गर्दैन?
NAATI ले आफैँ अनुवाद वा दोभाषे सेवाहरू प्रदान गर्दैन, अनुवादक वा दोभाषेहरूलाई रोजगारी दिँदैन, काम तोक्दैन वा बुकिङ लिँदैन, वा सेवाहरूको लागि मूल्य वा शुल्क निर्धारण गर्दैन।

यदि तपाईंलाई अनुवादित कागजात चाहिन्छ वा दोभाषे बुक गर्न चाहनुहुन्छ भने, तपाईंले सिधै NAATI-प्रमाणित पेशाकर्मी वा भाषा सेवा प्रदायकलाई सम्पर्क गर्नुपर्ने हुन्छ।

NAATI सँग NAATI प्रमाणीकरण प्राप्त अनुवादक र दोभाषेहरूको सार्वजनिक अनलाइन निर्देशिका छ। कुनै पनि समुदायले काम गर्दा प्रमाणित पेशाकर्मी खोज्ने मुख्य तरिकाहरू मध्ये यो एक हो।

निर्देशिका (डाइरेक्टरी) मा खोजीका क्रममा सबै भन्दा उच्चतम योग्यता भएकाहरु अगाडि देखिन्छन्, र त्यसपछि नामहरू देखा पर्दछन् जसलाई कुनै क्रम अनुसार मिलाईएको हुँदैन किनकी कुनै पनि पेशाकर्मीलाई विशेष प्राथमिकता दिँदैन।

अनुवादक र दोभाषेहरू निर्देशिका (डाइरेक्टरी) मा सूचीबद्ध हुनु उनीहरुको रोजाई हो। NAATI ले सूचीबद्ध नभएका पेशाकर्मीहरूको सम्पर्क विवरण साझा गर्दैन।

यो उपकरणले तपाईंलाई अनुवादक वा दोभाषे हालसालै NAATI द्वारा प्रमाणित छन्/ छैनन् भन्ने कुरा पत्ता लगाउन र उनीहरूको प्रमाणीकरण विवरणहरू हेर्न सहयोग गर्छ।

यसले तपाईंले संलग्न गराउने योजना बनाउनुभएको पेशाकर्मीहरु योग्य, प्रमाणित र व्यावसायिक सेवाहरू प्रदान गर्न सक्षम छन् /छैनन् पुष्टि गर्छ। वा तपाईंले प्राप्त गर्नुभएको लिखित अनुवाद NAATI-प्रमाणित अनुवादकद्वारा गरिएको हो/होइन पत्ता लगाउन सहयोग गर्छ।

के यो पृष्ठ उपयोगी थियो?(भर्नुपर्ने)

तपाईंको प्रतिक्रियाले हामीलाई यो पृष्ठलाई सुधार गर्न मद्दत गर्दछ, NAATI ले हाम्रो वेबसाइट सुधार गर्न यो प्रतिक्रियाको प्रयोग गर्दछ।

यदि तपाईंलाई जवाफ चाहिन्छ भने, कृपया हाम्रो सम्पर्क फारम प्रयोग गर्नुहोस्।