भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

संसाधनहरू खोज्नुहोस्।

यहाँ तपाईंले दोभाषे, अनुवादक र भाषा सम्बन्धी सेवाहरूको बारेमा उपयोगी जानकारी पाउन सक्नुहुन्छ।

सबैका लागि भाषा सेवाहरू प्रयोग गर्न र बुझ्न सजिलो बनाउन यी संसाधनहरू तयार गरिएको हो। तपाईंले प्रमाणित दोभाषे र अनुवादकहरूसँग कसरी काम गर्ने भन्ने बारे सिक्न सक्नुहुन्छ। भाषा सेवाहरू प्रयोग गर्दा तपाईंको अधिकार र अपेक्षा बारे बुझ्न मद्दत गर्ने मार्गदर्शनहरू छन्।

A man and woman looking at a tablet together
quote-1 quote-2

NAATI भनेको के हो?

मानिसहरूलाई समाजसँग जोडिन र सहभागी हुनको लागि मद्दत गर्न अनुवादक र दोभाषेहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्।

अनुवादक र दोभाषेहरूका लागि अष्ट्रेलियाको राष्ट्रिय मापदण्ड तय गर्ने र प्रमाणीकरण गर्ने अधिकार प्राप्त संस्था NAATI हो। NAATI ले अनुवादक वा दोभाषेलाई रोजगारीमा राख्दैन। तपाईंलाई अनुवादक वा दोभाषे खोज्नको लागि सहयोग गर्न हामीले यो निर्देशिकालाई कोष उपलब्ध गराएका छौँ।