भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

प्रमाणित दोभाषे वा अनुवादकहरू उपलब्ध नभएमा के गर्ने?

वर्गीकरण अनुवादक र दोभाषेसँग काम गर्दा प्रकाशित 15 जनवरी 2026


अष्ट्रेलियामा केही भाषाहरूमा NAATI-प्रमाणित दोभाषे वा अनुवादकहरू धेरै कम मात्रमा उपलब्ध छन् वा उपलब्ध छैनन्। यदि तपाईंलाई यस्तो परिस्थितिहरूमा भाषा सेवाहरू चाहिएमा, यो पृष्ठले केही विकल्पहरू प्रदान गर्दछ।

भाषा सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस्

भाषा सेवा प्रदायकहरूले NAATI प्रमाणीकरण नभए पनि, कामको अनुभव र तालिम प्राप्त अनुवादक वा दोभाषे खोजिदिन सक्छन्। उनीहरूको अनुभवको बारेमा सोध्नुहोस् र सिफारिसहरू हेर्नुहोस्।

मौखिक अनुवाद (इन्टरप्रेटिंग) को लागि टोली भएर सहकार्य गर्नुहोस्

केही परिस्थितिहरूमा, तपाईंले NAATI-प्रमाणित दोभाषेसंगै सम्बन्धित भाषा बोल्ने द्विभाषी व्यक्तिलाई मौखिक अनुवाद गर्न लगाउन सक्नुहुन्छ। यस्तो टोली भएर कार्य गर्दा गुणस्तर सुनिश्चितता कायम हुन्छ किनकि प्रमाणित दोभाषेले द्विभाषी व्यक्तिलाई सही रूपमा कसरी मौखिक अनुवाद गर्ने भनेर सल्लाह दिन सक्छन्; यद्यपि, यसो गर्दा काम ढिलो हुन सक्छ र सामान्य भन्दा लामो समय लाग्न सक्छ।

अन्तर्राष्ट्रिय संस्थाहरूलाई सम्पर्क गर्नुहोस्

निम्न संस्थाहरूलाई सम्पर्क गर्ने प्रयास गर्नुहोस्:

  • दूतावास, उच्चायोग वा वाणिज्य दूतावासका कार्यालयहरू
  • अनुवादक र दोभाषेलाई मान्यता प्रदान गर्ने विदेशी निकायहरू
  • अनुवादक र दोभाषे सम्बन्धी पेशागत विदेशी संगठनहरू
    • AIIC (अन्तर्राष्ट्रिय सम्मेलन दोभाषे संघ)
    • अन्तर्राष्ट्रिय अनुवादक महासंघ (सबै सदस्य देशहरू र उनीहरूका व्यावसायिक संगठनहरू बारे जान्न सदस्यता सूची हेर्नुहोस्)
    • ATA (अमेरिकी अनुवादक संघ)
    • NZSTI (न्यूजील्याण्ड अनुवादक तथा दोभाषे समाज)
  • विदेशी भाषा सेवा प्रदायकहरू

NAATI-प्रमाणित अनुवादकबाट अनुवाद चाहिएको छ?

यदि कुनै सरकारी निकाय वा विश्वविद्यालयलाई NAATI-प्रमाणित अनुवाद चाहिएमा र तपाईंको भाषामा कुनै पनि उपलब्ध नभएको खण्डमा, NAATI लाई सम्पर्क गर्नुहोस्। हामीले तपाईंलाई तपाईंको भाषामा कुनै पनि प्रमाणित अनुवादकहरू उपलब्ध छैनन् भनी पुष्टि गर्ने एउटा पत्र दिन सक्छौँ।

महत्त्वपूर्ण चेतावनी: परिवारका सदस्यहरू वा साथीहरूलाई दोभाषेको रूपमा प्रयोग नगर्नुहोस्।

NAATI ले परिवारका सदस्यहरू, जीवनसाथी, साथीभाईहरू वा छोरा छोरीहरूलाई दोभाषेको रूपमा प्रयोग नगर्न जोरदार सिफारिस गर्दछ, विशेष गरी महत्त्वपूर्ण परिस्थितिहरूमा जस्तै:

  • मेडिकल अपोइन्टमेन्टहरू
  • कानुनी मामिलाहरू
  • आधिकारिक सरकारी सेवाहरू

द्विभाषी व्यक्ति र दोभाषे बीचको भिन्नता बारे हाम्रो सल्लाह यहाँ हेर्नुहोस्।

सहायता चाहिन्छ?

यदि तपाईं के गर्ने भन्ने बारे सुनिश्चित हुनुहुन्न भने, तपाईंको परिस्थितिको लागि उत्तम विकल्पको बारेमा सल्लाह लिन NAATI लाई वा भाषा सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस्।

के यो पृष्ठ उपयोगी थियो?(भर्नुपर्ने)

तपाईंको प्रतिक्रियाले हामीलाई यो पृष्ठलाई सुधार गर्न मद्दत गर्दछ, NAATI ले हाम्रो वेबसाइट सुधार गर्न यो प्रतिक्रियाको प्रयोग गर्दछ।

यदि तपाईंलाई जवाफ चाहिन्छ भने, कृपया हाम्रो सम्पर्क फारम प्रयोग गर्नुहोस्।