भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

लिखित अनुवाद को लागि तपाईंको कागजात कसरी तयार गर्ने

वर्ग अनुवादक र दोभाषेसँग काम गर्दा प्रकाशित 30 जनवरी 2026

यस पृष्ठमा


लिखित अनुवाद गर्नुअघि आफ्नो कागजात राम्ररी तयार गर्नाले अनुवादकहरूलाई अझ प्रभावकारी रूपमा काम गर्न मद्दत गर्छ र तपाईंलाई सही, उच्च-गुणस्तरको अनुवाद प्राप्त हुन्छ भन्ने कुरा सुनिश्चित गर्छ।

अनुवादकहरूले कसरी काम गर्छन् भन्ने कुरा बुझ्ने

अनुवादकहरूले कुशलतापूर्वक काम गर्न सहयोगार्थ विशेष सफ्टवेयर प्रयोग गर्छन्, जुन मूल पाठ वर्ड प्रोसेसिङ्ग ढाँचामा हुँदा (जस्तै माइक्रोसफ्ट वर्डमा) प्रयोग गर्न सजिलो हुन्छ।

कम्प्युटर एसिस्टेड ट्रान्सलेशन (CAT) उपकरणहरूले अनुवादकहरूलाई विभिन्न सुविधाहरू प्रदान गर्दछ जस्तै छिटो अनुवाद गर्नको लागि पाठलाई खण्डहरूमा विभाजन गर्ने वा स्वचालित रूपमा मूल पाठको जस्तै समान ढाँचा लागू गर्ने।

लामो पाठहरूको लागि, अनुवादकहरूले सम्भवतः CAT उपकरण प्रयोग गर्नेछन्। स्तरीय कागजातहरूको लागि, उनीहरूले वर्ड प्रोसेसरको टेम्प्लेटमा सिधै अनुवाद गर्न सक्छन्।

सन्दर्भ र एकरूपता

लामो पाठहरू वा अघिल्ला अनुवादहरू उपलब्ध भएका पाठहरूको लागि, शब्दावलीमा एकरूपता कायम गर्नु महत्त्वपूर्ण हुन्छ। अनुवादकलाई यो कायम गर्न मद्दतको लागि सम्भव भएसम्म उनीहरूलाई सन्दर्भ, शब्दावली र अघिल्ला अनुवादहरूको प्रतिलिपिहरू प्रदान गर्नुहोस्।

एउटै शब्द वा वाक्यांशलाई प्रायः फरक-फरक तरिकाले अनुवाद गर्न सकिन्छ। उदाहरणका लागि, अंग्रेजीमा “बैंक” शब्दको अर्थ वित्तीय संस्था वा नदीको किनार हुन सक्छ। सन्दर्भले अनुवादकलाई सही अर्थ लगाउन मद्दत गर्छ। सन्दर्भ सामग्रीहरूले तपाईंको सम्पूर्ण कागजातमा एकरूपका शब्द प्रयोग सुनिश्चित गर्न मद्दत गर्छ।

तपाईंको अनुवादकलाई प्रदान गर्नुपर्ने जानकारी

सन्दर्भ र पृष्ठभूमि

  • लिखित अनुवाद कसरी प्रयोग गरिनेछ?
  • लिखित अनुवादको उद्देश्य के हो?
  • लक्षित श्रोता को हुन्?

सन्दर्भ सामग्रीहरू

  • शब्दावली
  • स्टाईल गाइड
  • कुनै पनि संक्षिप्त रूपको व्याख्या
  • अघिल्ला अनुवादहरूका उदाहरणहरू (यसले शब्दावली, शैली र वाक्यांशलाई एकरूपतामा राख्न मद्दत गर्दछ)

विशेष निर्देशनहरू

यी प्रश्नहरूलाई विचार गर्नुहोस्:

  • के उद्धरण र सन्दर्भहरू मूल भाषा (original language) मा नै रहनुपर्छ? (यो खोज तलाश गर्न सजिलोको लागि सिफारिस गरिन्छ)
  • आधिकारिक निकाय वा उत्पादनहरूको नाम अनुवाद गर्नुपर्छ वा मूल भाषामा राख्नुपर्छ?
  • के तपाईं अनुवाद र मूल शब्द दुवै देखाउन चाहनुहुन्छ?

उदाहरणका लागि, तपाईंले यस्तो चाहना सक्नुहुन्छ:

  • “सामाजिक सुरक्षा प्रशासन” पूर्ण रूपमा अनुवाद गरिएको
  • “सामाजिक सुरक्षा प्रशासन (SSA)” मूल संक्षिप्त नाम सहित
  • “SSA” अंग्रेजीमा मात्र राखेको

कागजातको गुणस्तर जाँचसूची (checklist)

लिखित अनुवादको लागि आफ्नो कागजात पठाउनु अघि, यी महत्त्वपूर्ण बुँदाहरू हेर्नुहोस्:

कागजातको स्थिति

  • के यो पाठको अन्तिम संस्करण हो?
  • के यसलाई जाँच गरी प्रुफरीडिङ गरिएको छ?
  • के पाठ स्पष्ट र दोहोरो अर्थ नलाग्ने छ?

कागजातको गुणस्तर

  • के कागजात उच्च गुणस्तरको छ?
  • यदि यो स्क्यान गरिएको हो भने, के यो पाठ स्पष्ट र पढ्न सजिलो छ?
  • के यो माइक्रोसफ्ट वर्ड (Microsoft Word) जस्तै सम्पादन योग्य फाइल ढाँचामा छ?

ढाँचा आवश्यकताहरू (Format requirements)

  • तपाईंलाई अन्तिम अनुवाद कुन ढाँचा (format) मा चाहिन्छ?
  • के यसलाई विशेष ढाँचा (special formatting) चाहिन्छ?
  • के यो वेबसाइटको लागि हो?
  • के तपाईंसँग अनुवादकले प्रयोग गर्न सक्ने टेम्प्लेट छ?

तस्वीर र चित्रहरू

  • के कागजातमा तस्वीरहरू, ग्राफहरू वा आंकडाहरू छन्?
  • के तपाईंले कुनै ग्राफ वा चार्टहरू अनुवाद गर्न चाहनुहुन्छ?
  • के तपाईंले मूल फाइलहरू (जस्तै ग्राफहरूको लागि एक्सेल फाइलहरू) उपलब्ध गराउन सक्नुहुन्छ?

अन्तिम सुझावहरू

राम्रो तयारीले तपाईंको अनुवादको गुणस्तर र शुद्धतामा ठूलो फरक पार्छ। निम्न कुराहरूको लागि समय निकाल्नुहोस्:

  • आफ्नो कागजात राम्ररी तयार गर्नुहोस्
  • पृष्ठभूमि र सन्दर्भ सामग्री उपलब्ध गराउनहोस्
  • आफ्नो आवश्यकताको बारेमा आफ्नो अनुवादकसँग स्पष्ट रूपमा कुराकानी गर्नुहोस्।
के यो पृष्ठ उपयोगी थियो?(Required)

Your feedback helps us improve this page. NAATI uses this feedback to improve our website.

If you need a reply, please use our Contact us form.