भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

quote-1 quote-2

सबैले हामीलाई बुझ्नु पर्छ।
NAATI-प्रमाणित दोभाषे माग्नुहोस्।

मुख्य समस्या

सुरक्षित, गुणस्तरीय स्वास्थ्य सेवाको लागि स्पष्ट सञ्चार आवश्यक पर्छ। यसले मानिसहरूलाई आफ्नो स्वास्थ्य बारे बुझ्न, सूचित निर्णय लिन र सही समयमा सही हेरचाह प्राप्त गर्न मद्दत गर्छ।

निकै कम अङ्ग्रेजी बोल्ने वा अङ्ग्रेजी बोल्दै नबोल्ने मानिसहरूका लागि, भाषाको अवरोधका कारण स्वास्थ्य सेवा अलमलमा पर्न सक्छ वा स्वास्थ्य सेवा असुरक्षित हुन सक्छ। महत्त्वपूर्ण जानकारी गलत बुझिन सक्छ वा छुट्न सक्छ, जसले गर्दा प्रश्नहरू सोध्न, चिकित्सा सल्लाह पालना गर्न वा उपचार सम्बन्धी निर्णयहरूको बारेमा विश्वस्त हुन गाह्रो हुन सक्छ। जसले गर्दा गल्तीहरू हुन सक्छ र हानिकारक स्वास्थ्य समस्याहरू निम्तिन सक्छ।

मौखिक अनुवाद गर्न परिवारका सदस्यहरू वा अप्रशिक्षित द्विभाषी कर्मचारीहरूमा भर पर्दा मानिसहरूलाई जोखिममा पार्न सक्छ। जानकारी सही नहुन सक्छ, व्यक्तिगत विवरणहरू साझा हुन सक्छन्, र संवेदनशील कुराकानीहरू कठिन वा असहज हुन सक्छन्।

NAATI-प्रमाणित दोभाषेहरूले स्वास्थ्य सेवालाई सुरक्षित र थप समावेशी बनाउन मद्दत गर्छन्। उनीहरूले बिरामीहरू र स्वास्थ्यकर्मीहरू बीच स्पष्ट, सटीक र गोपनीय सञ्चारलाई टेवा पुर्‍याउँछ, ताकि सबैले बुझ्न सकून् र सबैलाई बुझ्न सकियोस्।

अभियान

न्यायोचित स्वास्थ्य सेवाको लागि प्रमाणित दोभाषेहरू

‘सबैले हामीलाई बुझ्नु पर्छ’ यो राष्ट्रिय NAATI जागरूकता अभियान हो जसले स्वास्थ्य सेवाको सन्दर्भमा NAATI-प्रमाणित दोभाषेहरूसँग काम गर्नुपर्ने कुराको प्रवर्द्धन गर्दछ। यसले बिरामीहरूलाई दोभाषे अनुरोध गर्न प्रोत्साहित गदर्छ र प्रमाणित दोभाषेको महत्त्व बुझाउन स्वास्थ्य सेवाहरूलाई सहयोग गर्छ।

अभियानले निम्न कुराहरूलाई सहयोग गर्न NAATI-प्रमाणित दोभाषेहरूको भूमिकालाई प्रकाश पार्छ:

  • चिकित्सकीय सुरक्षा र सूचित मञ्जुरीनामा
  • बिरामीको मर्यादा र स्वायत्तता
  • स्वास्थ्य सेवामा पहुँचको समानता

अभियान

अभियानका सामग्रीहरू

टेलिभिजन विज्ञापन (६० सेकेन्ड)

एस.बी.एस इन ल्याङ्ग्वेज (SBS In Language) सँगको सहकार्यमा ‘हामीलाई सबैले बुझ्न पाउनु पर्छ’ टेलिभिजन विज्ञापन।

त्यहीँ भाषामा सबटाइटलहरू सहितको टेलिभिजन विज्ञापन

रेडियोमा अभियानका स्थानहरू (४५ सेकेन्ड)

सार्वजनिक स्थलका विज्ञापन सामग्री (OOH)

NAATI-प्रमाणित दोभाषेसँग किन काम गर्ने?

अष्ट्रेलियामा दोभाषेको रूपमा काम गर्ने व्यावसायिक मापदण्ड NAATI प्रमाणीकरण हो। NAATI-प्रमाणित दोभाषेहरूलाई संलग्न गराउनाले सुरक्षित, नैतिक र उच्च-गुणस्तरको स्वास्थ्य सेवा प्रदान गर्न सहयोग गर्दछ।

व्यावसायिक दोभाषेहरूले निम्न गर्छन्:

  • सही चिकित्सकीय संवादलाई टेवा पुऱ्याउँछन्
  • सूचित मञ्जुरीनामा र साझा निर्णय लिने क्षमतालाई सक्षम बनाउँछन्
  • बिरामीको गोपनीयता र मर्यादाको रक्षा गर्छन्
  • चिकित्सकीय त्रुटि र गलत सञ्चारको जोखिम कम गर्छन्
  • स्वास्थ्य सेवामा समतामूलक पहुँच पुऱ्याउन सहयोग गर्छन्
  • आफ्नो नैतिक कर्तव्य र बिरामी सम्बन्धी सुरक्षा मापदण्डहरूको पालना गर्छन्

NAATI प्रमाणीकरणले दोभाषे र अनुवादकहरूले राष्ट्रिय स्तरमा मान्यता प्राप्त व्यावसायिक मापदण्ड र योग्यताका आवश्यकताहरू पूरा गरेको सुनिश्चित गर्दछ।

प्रमाणित दोभाषे खोज्नुहोस्

भाषा, स्थान र सेवाका प्रकारहरूको आधारमा योग्य पेशाकर्मीहरू खोज्न NAATI को अनलाइन निर्देशिका (डाइरेक्टरी) मा जानुहोस्।

निर्देशिका (डाइरेक्टरी) मा जानुहोस्

के यो पृष्ठ उपयोगी थियो?(भर्नुपर्ने)

तपाईंको प्रतिक्रियाले हामीलाई यो पृष्ठलाई सुधार गर्न मद्दत गर्दछ, NAATI ले हाम्रो वेबसाइट सुधार गर्न यो प्रतिक्रियाको प्रयोग गर्दछ।

यदि तपाईंलाई जवाफ चाहिन्छ भने, कृपया हाम्रो सम्पर्क फारम प्रयोग गर्नुहोस्।