भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

व्यक्ति वा भाषा सेवा प्रदायक कुन रोज्ने

वर्गीकरण अनुवादक र दोभाषेसँग काम गर्दा प्रकाशित 15 जनवरी 2026


जब तपाईंलाई अनुवाद वा दोभाषे सेवाहरू चाहिन्छ, तब तपाईं एक व्यक्तिगत अनुवादक वा दोभाषे र भाषा सेवा प्रदायक (LSP) बीच रोज्न सक्नुहुन्छ।

१. आफ्ना आवश्यकताहरू परिभाषित गर्नुहोस्

  • तपाईंलाई चाहिने सेवाको प्रकार पहिचान गर्नुहोस् – लिखित अनुवाद (ट्रान्सलेशन), मौखिक अनुवाद (इन्टरप्रेटिंग), वा दुवै
  • आवश्यक भाषाहरू र क्षेत्रीय भाषाहरू निर्दिष्ट गर्नुहोस्
  • तपाईंलाई विषयवस्तु सम्बन्धी विशेषज्ञता भएको व्यक्ति चाहिन्छ भने विचार गर्नुहोस्।
  • परियोजना एक पटकको लागि मात्र हो वा निरन्तर चलिरहने हो, र कुनै समयसीमा छ भने निर्धारण गर्नुहोस्।
व्यक्तिगत अनुवादक र दोभाषेहरूभाषा सेवा प्रदायकहरू (LSPs)
व्यक्तिगत अनुवादक र दोभाषेहरूले प्रत्यक्ष सञ्चार र व्यक्तिगत दृष्टिकोण प्रदान गर्छन्। उनीहरू प्रायः लागत-प्रभावी र लचिलो हुन्छन्, विशेष गरी असाधारण भाषाहरू वा साना परियोजनाहरूको लागि। LSP हरूले सम्मेलन, कार्यक्रम, वा उच्च-मात्राका अनुवाद कार्य जस्ता धेरै भाषाहरू समावेश गरिएका ठूला परियोजनाहरू सम्हाल्न सक्छन्। उनीहरूसँग थप अनुवाद वा दोभाषे सम्बन्धी प्रविधि वा उपकरणहरूमा पहुँच हुन सक्छ।

२. प्रमाणपत्र र गुणस्तर जाँच गर्नुहोस् (credentials)

यस वेबसाइटमा रहेको ‘NAATI प्रमाणीकरण जाँच गर्नुहोस्’ उपकरण प्रयोग गरेर अनुवादक वा दोभाषे NAATI द्वारा प्रमाणित छन् कि छैनन् भनेर प्रमाण खोज्नुहोस्। तपाईंले उनीहरू AUSIT, ASLITA वा NZSTI जस्ता व्यावसायिक संगठनका सदस्य हुन् वा होइनन् भन्ने कुरा पनि पत्ता लगाउन सक्नुहुन्छ। सधैं उनीहरूको सन्दर्भहरू जाँच गर्नुहोस्।

LSP हरूको सन्दर्भमा, उनीहरू NAATI-प्रमाणित व्यवसायीहरूसँग काम गरेको सुनिश्चित गर्नुहोस्। यदि तपाईंलाई शंका लागेमा, तपाईंले प्रमाणित व्यवसायी नम्बर (CPN) सोधेर NAATI को वेबसाइटमा प्रमाणीकरण जाँच गर्न सक्नुहुन्छ। अनलाइन समीक्षा (रिभिउ) र सन्दर्भहरू जाँच गर्नुहोस्। गुणस्तर नियन्त्रण प्रक्रियाहरूको बारेमा सोध्नुहोस् र सान्दर्भिक सांस्कृतिक विवरण र शब्दावलीसँग उनीहरूको परिचितता पुष्टि गर्नुहोस्।

३. खर्च र मूल्य तुलना गर्नुहोस्

मूल्य तुलना गर्न धेरै मूल्य अनुमानहरू आव्हान गर्नुहोस्। व्यक्तिहरूको सन्दर्भमा, पर्दा पछाडिको शुल्क जस्ता कुनै लुकाइएका शुल्कहरू छैनन् भनी पुष्टि गर्नुहोस्। LSP हरूको सन्दर्भमा, परियोजना व्यवस्थापन, गुणस्तर सुनिश्चितता र प्रविधिक सहायताको मूल्यलाई पनि विचार गर्नुहोस्।

आधिकारिक कागजातहरूको प्रमाणित अनुवाद (certified translation) चाहिन्छ?

यदि तपाईंलाई अष्ट्रेलियामा प्रयोगको लागि अनुवाद गरिएको जन्मदर्ता प्रमाणपत्र वा ट्रान्सक्रिप्ट जस्ता आधिकारिक कागजात चाहिन्छ भने, अनुवाद सामान्यतया NAATI-प्रमाणित अनुवादकद्वारा गर्नुपर्ने हुन्छ। यदि तपाईंले LSP प्रयोग गर्ने विचार गर्नुभएको छ भने, NAATI-प्रमाणित अनुवादकले अनुवाद गरेको निश्चित गर्नुहोस्।

आफ्नो आवश्यकता अनुसारको सही पेशाकर्मी खोज्न NAATI अनलाइन निर्देशिका (डाइरेक्टरी) प्रयोग गर्नुहोस्।

के यो पृष्ठ उपयोगी थियो?(भर्नुपर्ने)

तपाईंको प्रतिक्रियाले हामीलाई यो पृष्ठलाई सुधार गर्न मद्दत गर्दछ, NAATI ले हाम्रो वेबसाइट सुधार गर्न यो प्रतिक्रियाको प्रयोग गर्दछ।

यदि तपाईंलाई जवाफ चाहिन्छ भने, कृपया हाम्रो सम्पर्क फारम प्रयोग गर्नुहोस्।