भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

quote-1 quote-2

हामी सबैले बुझिने हक राख्छौं।
NAATI द्वारा प्रमाणित दोभाषे माग्नु होस्।

मुख्य समस्या

सुरक्षित, गुणस्तरीय स्वास्थ्य सेवाको लागि स्पष्ट सञ्चार आवश्यक पर्छ। यसले मानिसहरूलाई आफ्नो स्वास्थ्य बारे बुझ्न, सूचित निर्णय लिन र सही समयमा सही हेरचाह प्राप्त गर्न मद्दत गर्छ।

स्वास्थ्य सेवा व्यवसाय र बिरामी बीचको भाषा अवरोधका कारणले स्वास्थ्य सेवाहरूलाई भ्रमित वा असुरक्षित बनाउन सक्छ। महत्त्वपूर्ण जानकारी गलत बुझिन सक्छ वा छुट्न सक्छ, जसले गर्दा प्रश्नहरू सोध्न, चिकित्सा सल्लाह पालना गर्न वा उपचार सम्बन्धी निर्णयहरूको बारेमा विश्वस्त हुन गाह्रो हुन सक्छ। जसले गर्दा गल्तीहरू हुन सक्छ र हानिकारक स्वास्थ्य समस्याहरू निम्तिन सक्छ।

मौखिक अनुवाद गर्न परिवारका सदस्यहरू वा अप्रशिक्षित द्विभाषी कर्मचारीहरूमा भर पर्दा मानिसहरूलाई जोखिममा पार्न सक्छ। जानकारी सही नहुन सक्छ, व्यक्तिगत विवरणहरू साझा हुन सक्छन्, र संवेदनशील कुराकानीहरू कठिन वा असहज हुन सक्छन्।

NAATI-प्रमाणित दोभाषेहरूले स्वास्थ्य सेवालाई सुरक्षित र थप समावेशी बनाउन मद्दत गर्छन्। उनीहरूले बिरामीहरू र स्वास्थ्यकर्मीहरू बीच स्पष्ट, सटीक र गोपनीय सञ्चारलाई टेवा पुर्‍याउँछ, ताकि सबैले बुझ्न सकून् र सबैलाई बुझ्न सकियोस्।

अभियान

न्यायोचित स्वास्थ्य सेवाको लागि प्रमाणित दोभाषेहरू

‘हामी सबैले बुझिने हक राख्छौं’ यो राष्ट्रिय NAATI जागरूकता अभियान हो जसले स्वास्थ्य सेवाको सन्दर्भमा NAATI-प्रमाणित दोभाषेहरूसँग काम गर्नुपर्ने कुराको प्रवर्द्धन गर्दछ। यसले बिरामीहरूलाई दोभाषे अनुरोध गर्न प्रोत्साहित गदर्छ र प्रमाणित दोभाषेको महत्त्व बुझाउन स्वास्थ्य सेवाहरूलाई सहयोग गर्छ।

अभियानले निम्न कुराहरूलाई सहयोग गर्न NAATI-प्रमाणित दोभाषेहरूको भूमिकालाई प्रकाश पार्छ:

  • चिकित्सकीय सुरक्षा र सूचित मञ्जुरीनामा
  • बिरामीको मर्यादा र स्वायत्तता
  • स्वास्थ्य सेवामा पहुँचको समानता

अभियान

Campaign TV Commercial (60 secs)

एस.बी.एस इन ल्याङ्ग्वेज (SBS In Language) सँगको सहकार्यमा ‘हामी सबैले बुझिने हक राख्छौं’ टेलिभिजन विज्ञापन।

त्यहीँ भाषामा सबटाइटलहरू सहितको टेलिभिजन विज्ञापन

अभियानका थप सामग्रीहरू यहाँ हेर्नुहोस्

NAATI-प्रमाणित दोभाषेसँग किन काम गर्ने?

NAATI प्रमाणीकरण अष्ट्रेलियामा दोभाषेको रूपमा काम गर्नका लागि सामुदायिक मापदण्ड हो। NAATI द्वारा प्रमाणित हुनु भनेको:

  • दोभाषेको सीप र योग्यताको मूल्याङ्कन गरिएको हुन्छ
  • दोभाषेहरु अंग्रेजी र आफ्नो अन्य भाषामा सिपालु हुन्छन्
  • नैतिक संहिताद्वारा बाँधिएका हुन्छन्।

NAATI-प्रमाणित दोभाषेहरूलाई संलग्न गराउनाले सुरक्षित, नैतिक र उच्च-गुणस्तरको स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्‍याउँछ, किनकि तपाईंले उनीहरूको व्यावसायिकता प्रति विश्वास गर्न सक्नुहुन्छ।

प्रमाणित दोभाषे खोज्नुहोस्

जब तपाईंलाई सरकारी वा स्वास्थ्य सेवामा पहुँच लिन सहयोगार्थ दोभाषेको आवश्यकता पर्दछ, तपाईंले यो सेवाको लागि दोभाषेको व्यवस्था मिलाईदिन अनुरोध गर्न सक्नुहुन्छ। बुकिङ वा अपोइन्टमेन्ट तय गर्दा, तपाईंले ‘मलाई दोभाषे चाहिन्छ’ भन्न सक्नुहुन्छ र उनीहरूलाई आफ्नो भाषा बताउन सक्नुहुन्छ। तपाईंले पुरुष वा महिला दोभाषेको पनि माग गर्न सक्नुहुन्छ यदि तपाईंलाई यसले सहज बनाउँछ भने। अष्ट्रेलियामा सरकारी वा स्वास्थ्य सेवाहरूमा पहुँच लिन बिरामीहरूका लागि दोभाषेहरु प्रायः नि:शुल्क हुन्छन्। यदि तपाईंले कुनै परियोजना वा व्यापारिक बैठकहरुमा सहयोगार्थ निजी दोभाषे खोज्न चाहनुहुन्छ भने, तपाईंले NAATI को अनलाइन निर्देशिका (डाइरेक्टरी) मार्फत दोभाषे फेला पार्न सक्नुहुन्छ। यसले तपाईंलाई भाषा, स्थान र सेवाका प्रकारहरूमा आधारित योग्य पेशाकर्मीहरू पत्ता लगाउन मद्दत गर्दछ, जसमा भाषा सेवाहरू प्रदान गर्ने NAATI द्वारा अनुमोदित व्यवसायहरू पनि समावेश हुन्छन्।

निर्देशिका (डाइरेक्टरी) मा जानुहोस्

के यो पृष्ठ उपयोगी थियो?(भर्नुपर्ने)

तपाईंको प्रतिक्रियाले हामीलाई यो पृष्ठलाई सुधार गर्न मद्दत गर्दछ, NAATI ले हाम्रो वेबसाइट सुधार गर्न यो प्रतिक्रियाको प्रयोग गर्दछ।

यदि तपाईंलाई जवाफ चाहिन्छ भने, कृपया हाम्रो सम्पर्क फारम प्रयोग गर्नुहोस्।