भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

बारम्बार सोधिने प्रश्नहरू

फिल्टर गर्नुहोस्


बारम्बार सोधिने प्रश्नहरू

अनुवादकहरूले लिखित शब्दमा काम गर्छन्। उनीहरूले लिखित कागजातहरूलाई एउटा भाषाबाट अर्को भाषामा अनुवाद गर्छन्।

दोभाषेहरूले मौखिक वा सांकेतिक भाषाहरू (जस्तै अस्लान) प्रयोग गरेर काम गर्छन्। उनीहरूले प्रत्येक वक्ताले बोलेको वा संकेत गरेको कुरा अर्को भाषामा मौखिक अनुवाद गर्छन्।

थप मार्गदर्शनको लागि, हाम्रो लेख “अनुवादक र दोभाषे: मलाई कस्को सेवा चाहिन्छ?” पढ्नुहोस्।

NAATI ले आफैँ दोभाषे वा अनुवादन सेवाहरू प्रदान गर्दैन; यद्यपि, NAATI अनलाइन निर्देशिका (डाइरेक्टरी) मा आफ्नो विवरण सूचीबद्ध गर्न इच्छुक प्रमाणित दोभाषे र अनुवादकहरूको सम्पर्क विवरणहरू समावेश गरिएको हुन्छ।

राष्ट्रिय रूपमा, धेरै प्रमुख संस्थाहरूले एबोरिजिनल र टोरेस स्ट्रेट आइल्याण्डर भाषाहरूमा दोभाषे सेवाहरू प्रदान गर्छन्।

नोर्दन टेरीटोरी:

वेस्टर्न अष्ट्रेलिया:

साउथ अष्ट्रेलिया:

क्वीन्सल्याण्ड:

केही क्षेत्रहरूमा, स्वतन्त्र NAATI-प्रमाणित दोभाषेहरूले ABN अन्तर्गत सेवाहरू प्रदान गर्छन्। एबोरिजिनल र टोरेस स्ट्रेट आइल्याण्डर भाषा केन्द्रहरूले पनि प्रायः लिखित अनुवाद सेवाहरू प्रदान गर्छन्।

धेरै अनुवादक र दोभाषेहरू टाढाबाट (दूरस्थलबाट) काम गर्छन्, जसको अर्थ उनीहरूले तपाईंलाई टेलिफोन वा भिडियो कल मार्फत मद्दत गर्न सक्छन्। तपाईं जुनसुकै स्थानका अनुवादक वा दोभाषे खोज्न सक्नुहुन्छ।

केही अपोइन्टमेन्टहरूका लागि, तपाईंले दोभाषे आँफूसँगै व्यक्तिगत रूपमा होस् भन्ने चाहनुहुन्छ होला। तपाईंलाई आमनेसामने चाहिन्छ/चाहिदैन भन्ने कुरा तपाईंको परिस्थिति, सेवाको प्रकार र कार्य समयमा निर्भर गर्दछ। आफ्नो नजिक रहेका व्यक्तिहरू फेला पार्न स्थान अनुसार NAATI अनलाइन निर्देशिकामा पेशाकर्मीहरूलाई फिल्टर गर्न सक्नुहुन्छ।

NAATI, अनुवादक र दोभाषेहरूलाई राष्ट्रिय मान्यता प्रदान गर्ने प्राधिकरण हो, र यो अष्ट्रेलियामा अनुवादक र दोभाषेहरूका लागि राष्ट्रिय मापदण्डहरू तय गर्ने र कायम राख्ने जिम्मेवार संस्था हो।

सरकार, व्यवसाय र समुदायले भाषा सेवाहरू सही, व्यावसायिक र सत्यनिष्ठा छन् भनी विश्वास गर्न सकून् भनेर NAATI ले पेशाकर्मीहरूलाई प्रमाणित गर्दछ।

NAATI ले के गर्छ:
NAATI ले अनुवादक र दोभाषेहरूको परीक्षण र प्रमाणीकरण गर्दछ। यसले अनुवाद र दोभाषेको लागि राष्ट्रिय मापदण्डहरू तय गर्दछ, प्रमाणित पेशाकर्मीहरूको सार्वजनिक अनलाइन निर्देशिका (डाइरेक्टरी) को व्यवस्था गर्दछ, र भाषा सेवा क्षेत्रमा गुणस्तर र व्यावसायिकतालाई टेवा पुर्‍याउँछ।

NAATI ले के गर्दैन?
NAATI ले आफैँ अनुवाद वा दोभाषे सेवाहरू प्रदान गर्दैन, अनुवादक वा दोभाषेहरूलाई रोजगारी दिँदैन, काम तोक्दैन वा बुकिङ लिँदैन, वा सेवाहरूको लागि मूल्य वा शुल्क निर्धारण गर्दैन।

यदि तपाईंलाई अनुवादित कागजात चाहिन्छ वा दोभाषे बुक गर्न चाहनुहुन्छ भने, तपाईंले सिधै NAATI-प्रमाणित पेशाकर्मी वा भाषा सेवा प्रदायकलाई सम्पर्क गर्नुपर्ने हुन्छ।

सबै दोभाषेहरू द्विभाषी हुन्छन्, तर सबै द्विभाषी व्यक्तिहरू दोभाषे हुन सक्दैनन्।

  • दोभाषे भनेका द्विभाषी प्रशिक्षित पेशाकर्मी हुन् जोसँग द्विसांस्कृतिक सीपहरू हुन्छन् र नैतिक संहिताद्वारा बाँधिएका हुन्छन्। अष्ट्रेलियामा दोभाषेको रूपमा काम गर्ने सामुदायिक मापदण्ड NAATI द्वारा प्रमाणित हुनुपर्छ।
  • द्विभाषी व्यक्तिले दुई भाषा बोल्न सक्छन् तर दोभाषेको रूपमा तालिम प्राप्त हुदैनन् र नैतिक संहिताद्वारा बाँधिएका हुदैनन्।

हाम्रो लेख द्विभाषी व्यक्ति र दोभाषे: के फरक छ? पढ्नुहोस्:

NAATI को प्रमाणीकरण प्रणालीमा मौखिक भाषाहरूका लागि तीन वटा अनुवादक योग्यताहरू र छ वटा दोभाषे योग्यताहरू समावेश छन्। प्रत्येक योग्यता केको लागि हो भनेर बुझ्न मद्दतको लागि हाम्रो निर्देशिका पढ्नुहोस्: कामको लागि सही पेशाकर्मी छनौट: NAATI योग्यताहरूको एक सिंहावलोकन

यदि तपाईंलाई बहिरा वा कम श्रवणशक्ति भएका व्यक्तिसँग कुराकानी गर्न आवश्यक छ भने, तपाईंले NAATI-प्रमाणित अस्लान (Auslan) वा बहिरासँग काम गर्ने दोभाषे वा लिखित अंग्रेजीबाट Auslan मा अनुवाद गर्ने अनुवादक लिनुपर्ने हुन सक्छ। अस्लान र अन्य सांकेतिक भाषाहरूको लागि NAATI योग्यताहरू बारेमा हाम्रो निर्देशिका यहाँ पढ्नुहोस्।

NAATI द्वारा प्रमाणित अनुवादकहरू र दोभाषेहरू नैतिक संहिता र आचारसंहिताद्वारा बाँधिएका हुन्छन्। यसको अर्थ तपाईंले डाक्टर वा लेखापाललाई गर्नुहुने विश्वास जस्तै, कुनै पनि NAATI-प्रमाणित अनुवादक वा दोभाषेलाई पनि विश्वास गर्न सक्नुहुन्छ।

थप जान्न हाम्रो लेख: नैतिक संहिताको व्याख्या पढ्नुहोस्।

11-17 of 17 results
के यो पृष्ठ उपयोगी थियो?(Required)

Your feedback helps us improve this page. NAATI uses this feedback to improve our website.

If you need a reply, please use our Contact us form.