भाषा छनौट गर्नुहोस्

यो वेबसाइटलाई तपाईंले रोज्नुभएको भाषामा देख्न सक्नुहुन्छ।

सरोकारवालाका लागि किट र अभियानका संसाधनहरू

वर्गीकरण अभियान प्रकाशित 14 अप्रिल 2026

हाम्रो कुरा सबैले बुझ्न पाउनु पर्छ‘ यो NAATI-प्रमाणित दोभाषेहरूको महत्त्वपूर्ण भूमिका बारेमा जागरूकता जगाउने राष्ट्रिय अभियान हो, विशेष गरी स्वास्थ्य सेवा सम्बन्धी कार्यहरुमा। यसले बिरामीहरूलाई साथीभाइ वा परिवारका सदस्यको सट्टा व्यावसायिक दोभाषेको माग गर्न प्रोत्साहित गर्छ, र स्वास्थ्य सेवा प्रदायकहरूलाई उनीहरूको हेरचाहको कर्तव्यपालन स्वरुप प्रमाणित दोभाषेहरूलाई संलग्न गराउने मान्यतालाई बढावा दिन्छ।

अभियानको बारेमा थप कुरा यहाँ पढ्नुहोस्।

यो सरोकारवाला सम्बन्धी किट कसरी प्रयोग गर्ने

बिरामी, परिवार र समुदायलाई भाषाको पर्वाह नगरी आत्मविश्वासका साथ आफ्नो स्वास्थ्य सेवामा पहुँच लिनको लागि सशक्त बनाउन सरोकारवालाहरूलाई यस किटमा भएका संसाधनहरू सबै माझ पुर्‍याउन प्रोत्साहित गरिन्छ। यी सामग्रीहरूले बिरामी र स्वास्थ्य सेवा व्यवसायहरू दुवैलाई NAATI-प्रमाणित दोभाषेको महत्व र उनीहरुलाई संलग्न नगराउँदा बेहोर्नु पर्ने जोखिमहरू पहिचान गर्न सहयोग गर्छ।

तपाईं वा तपाईंको समुदायसँग मिल्दोजुल्दो तलका कुनै पनि स्रोत साधनसँग जोडिन सक्नुहुन्छ वा डाउनलोड गर्न सक्नुहुन्छ। यी सामग्रीहरू सामाजिक सञ्जाल, न्यूजलेटर, तपाईंको सांगठनिक सञ्जाल वा इमेल मार्फत स्वतन्त्र रूपमा सेयर गर्न सकिन्छ। यदि तपाईं LinkedIn मा सेयर गर्दै हुनुहुन्छ भने, तपाईंले आफ्नो पोस्टमा NAATI लाई ट्याग गर्न सक्नुहुन्छ।

यदि तपाईं यो अभियानलाई अझ औपचारिक रूपमा प्रचार प्रसार गर्न चाहनुहुन्छ (उदाहरणका लागि, कुनै कार्यक्रममा हाम्रो भिडियोहरू देखाउने वा सामुदायिक रेडियो स्टेशनमा विज्ञापन प्रसारण गर्ने) भने कृपया हामीलाई communications@naati.com.au मा सम्पर्क गर्नुहोस्।

अभियानका सबै सामग्रीहरू

सामाजिक सञ्जाल टाइलहरू

प्रसारण सामग्रीहरू

त्यहीँ भाषामा सबटाइटलहरू सहितको ६०-सेकेन्डको टेलिभिजन विज्ञापन (vimeo लिङ्कहरू)

पोस्टर र पर्चाहरू

के यो पृष्ठ उपयोगी थियो?(भर्नुपर्ने)

तपाईंको प्रतिक्रियाले हामीलाई यो पृष्ठलाई सुधार गर्न मद्दत गर्दछ, NAATI ले हाम्रो वेबसाइट सुधार गर्न यो प्रतिक्रियाको प्रयोग गर्दछ।

यदि तपाईंलाई जवाफ चाहिन्छ भने, कृपया हाम्रो सम्पर्क फारम प्रयोग गर्नुहोस्।