सरोकारवालाका लागि किट र अभियानका संसाधनहरू
‘हाम्रो कुरा सबैले बुझ्न पाउनु पर्छ‘ यो NAATI-प्रमाणित दोभाषेहरूको महत्त्वपूर्ण भूमिका बारेमा जागरूकता जगाउने राष्ट्रिय अभियान हो, विशेष गरी स्वास्थ्य सेवा सम्बन्धी कार्यहरुमा। यसले बिरामीहरूलाई साथीभाइ वा परिवारका सदस्यको सट्टा व्यावसायिक दोभाषेको माग गर्न प्रोत्साहित गर्छ, र स्वास्थ्य सेवा प्रदायकहरूलाई उनीहरूको हेरचाहको कर्तव्यपालन स्वरुप प्रमाणित दोभाषेहरूलाई संलग्न गराउने मान्यतालाई बढावा दिन्छ।
अभियानको बारेमा थप कुरा यहाँ पढ्नुहोस्।
यो सरोकारवाला सम्बन्धी किट कसरी प्रयोग गर्ने
बिरामी, परिवार र समुदायलाई भाषाको पर्वाह नगरी आत्मविश्वासका साथ आफ्नो स्वास्थ्य सेवामा पहुँच लिनको लागि सशक्त बनाउन सरोकारवालाहरूलाई यस किटमा भएका संसाधनहरू सबै माझ पुर्याउन प्रोत्साहित गरिन्छ। यी सामग्रीहरूले बिरामी र स्वास्थ्य सेवा व्यवसायहरू दुवैलाई NAATI-प्रमाणित दोभाषेको महत्व र उनीहरुलाई संलग्न नगराउँदा बेहोर्नु पर्ने जोखिमहरू पहिचान गर्न सहयोग गर्छ।
तपाईं वा तपाईंको समुदायसँग मिल्दोजुल्दो तलका कुनै पनि स्रोत साधनसँग जोडिन सक्नुहुन्छ वा डाउनलोड गर्न सक्नुहुन्छ। यी सामग्रीहरू सामाजिक सञ्जाल, न्यूजलेटर, तपाईंको सांगठनिक सञ्जाल वा इमेल मार्फत स्वतन्त्र रूपमा सेयर गर्न सकिन्छ। यदि तपाईं LinkedIn मा सेयर गर्दै हुनुहुन्छ भने, तपाईंले आफ्नो पोस्टमा NAATI लाई ट्याग गर्न सक्नुहुन्छ।
यदि तपाईं यो अभियानलाई अझ औपचारिक रूपमा प्रचार प्रसार गर्न चाहनुहुन्छ (उदाहरणका लागि, कुनै कार्यक्रममा हाम्रो भिडियोहरू देखाउने वा सामुदायिक रेडियो स्टेशनमा विज्ञापन प्रसारण गर्ने) भने कृपया हामीलाई communications@naati.com.au मा सम्पर्क गर्नुहोस्।
अभियानका सबै सामग्रीहरू
सामाजिक सञ्जाल टाइलहरू
प्रसारण सामग्रीहरू
त्यहीँ भाषामा सबटाइटलहरू सहितको ६०-सेकेन्डको टेलिभिजन विज्ञापन (vimeo लिङ्कहरू)
- मेनडारिन भाषामा एमी वाङसँग – प्रमाणित कन्फेरेन्स दोभाषे (मेनडारिन/अंग्रेजी), प्रमाणित दोभाषे (मेनडारिन/अंग्रेजी) र प्रमाणित अनुवादक (अंग्रेजीबाट चिनियाँमा)
- भियतनामी भाषामा Tiết Thu सँग – प्रमाणित अस्थायी दोभाषे (भियतनामी/अंग्रेजी)
- क्यान्टोनिस भाषामा एन्जेला सीसँग – प्रमाणित दोभाषे (मेनडारिन/अंग्रेजी र क्यान्टोनिज/अंग्रेजी)
- अरबी भाषामा लामा अल-अख्राससँग – प्रमाणित दोभाषे (अरबी/अंग्रेजी), प्रमाणित विशेषज्ञ कानूनी ज्ञान प्राप्त दोभाषे (अरबी)
- ग्रीक भाषामा भुला टोमरससँग – प्रमाणित दोभाषे (ग्रीक/अंग्रेजी), प्रमाणित अनुवादक (ग्रीकबाट अंग्रेजीमा)
- कोरियाली भाषामा क्यासीसँग – प्रमाणित दोभाषे (कोरियाली/अंग्रेजी), प्रमाणित अनुवादक (कोरियालीबाट अंग्रेजीमा)
- इटालियन भाषामा फ्रान्सेस्को प्रिभिटेरासँग – प्रमाणित दोभाषे (इटालियन/अंग्रेजी)
- पञ्जाबी भाषामा शिवाली वर्मासँग – प्रमाणित अस्थायी दोभाषे (पञ्जाबी/अंग्रेजी र हिन्दी/अंग्रेजी) , प्रमाणित अनुवादक (अंग्रेजीबाट हिन्दीमा)
- स्पेनी भाषामा सिन्टिया लीसँग – प्रमाणित दोभाषे (स्पेनी/अंग्रेजी) , प्रमाणित अनुवादक (स्पेनीबाट अंग्रेजी र अंग्रेजीबाट स्पेनी)
- दारी भाषामा मोहम्मद तमिम सयदसँग – प्रमाणित दोभाषे (दारी/अंग्रेजी), मान्यता प्राप्त अभ्यासकर्ता दोभाषे (हजारगी/अंग्रेजी)
- फारसी भाषामा मायम होसेनीसँग – प्रमाणित दोभाषे (फारसी/अंग्रेजी), प्रमाणित अनुवादक (फारसीबाट अंग्रेजी र अंग्रेजीबाट फारसीमा )
- नेपाली भाषामा सुधीर शाक्यसँग – प्रमाणित अस्थायी दोभाषे (नेपाली/अंग्रेजी), प्रमाणित अनुवादक (नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमा)






